Home Login
गैरआवासीय नेपाली संघ

एनआरएनए आयरल्याण्डको सदस्यमा ज्योत्सना अधिकारीको उम्मेदवारी दर्ता

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५-२०२७) को लागि ज्योत्सना अधिकारीले सदस्य पदमा उम्मेदवारी दर्ता दिनुभएको छ ।

( तस्बिरमा देखाएको ओम अधिकारी प्यानलबाट उम्मेदवारी दिने उम्मेदवारहरू )

अधिकारीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारीले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

ज्योत्सना अधिकारीले नेपाली नारी समाज पोर्चुगलमा कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गरिसक्नु भएकी अधिकारीले आफ्नो अनुभव र नेतृत्व क्षमताले गैरआवासीय नेपाली संघ (एनआरएनए)  आयरल्याण्डमा पनि सकारात्मक योगदान पुग्ने विश्वास लिनुभएको छ ।

ओम अधिकारी प्यानलबाट सदस्य पदमा उम्मेदवारी दिनुभएकी अधिकारीले आफू र आफ्नो प्यानलको जितका लागि सबैलाई मतदान गर्न आह्वान समेत गर्नुभएको छ ।

यदि ओम अधिकारीको प्यानलले जित्यो भने आयरल्याण्डमा महिला हकहित र न्यायको लागि सधैं लडिरहने उनले बताएकी छिन् । आजको आवश्यकता महिलाहरूको एनआरएनएमा नेतृत्वको भूमिका हो । महिलाहरूले एनआरएनएमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । उनीहरूले आफ्नो अनुभव र क्षमताको उपयोग गरेर एनआरएनएलाई अझै प्रभावकारी बनाउन सकिन्छ अधिकारीले युरोपाटी डट.कमलाई बताइन् ।

अहिलेको दिनमा महिलाहरू सामूहिक कार्यहरूमा र नेतृत्वमा कम हुने भएकाले ‘नारीहरूको नेतृत्वमा पनि अगाडि गएर समाजमा केही गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्नको लागि एनआरएनएमा जाने लक्ष्य लिएको हो, उनले भनिन् ।

Leave a Reply