पोर्चुगलमा नेपालीहरुको यस्तो रह्यो दसैंको टीका (तस्बिरहरू)

पोर्चुगल। बडा दसैंअन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा आर्शिवाद लिने क्रम जारी छ।

उत्तम साइत ११ बजेर मिनेटमा भए पनि आज दिनैभरि टीका जमरा ग्रहण गर्ने गरिन्छ। 

— कवि तथा गजलकार स्पन्दन विनोद सपरिवार पोर्चुगलको लिस्वनमा दसैँ मनाउँदै

मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने प्रचलन छ। कतैकतै आजकै दिनबाट टीका सकिन्छ।घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान १० बजेर ३७ बजे रहेको थियो। 

मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ। 


हेमराज सुवेदी

विदेशमा पनि धेरै नेपालीहरु बसोबास गर्ने गर्छन् परिवार एवं मान्यजनको हातबाट टीकाजमरा ग्रहण गरेको फोटो उनीहरूले सामाजिक सञ्जालमा हालेका छन्।

— सन्तोष डल्लाकोटी स-परिवार 

त्यसैगरी युरोपेली मुलुक पोर्तुगलमा पनि नेपालीहरुले पनि दशैं मनाएका छन् पोर्तुगलमा धेरै नेपालीले व्यापार गर्दै गाएका छन्

— शम्भु सिलवाल स-परिवार 


— राम प्रसाद सिलवाल स-परिवार 

— भावेश घिमिरे स-परिवार

— राम कुमार पुरी स-परिवार 

Leave a Reply

Your email address will not be published. Required fields are marked *