Home Login
पोर्चुगल

लिस्बनस्थित नेपाली दूतावासबाट जुलाई २३ बुधबारदेखि कन्सुलर सेवा समय परिवर्तन

पोर्चुगल — लिस्बनस्थित नेपाली दूतावासले कन्सुलर सेवा समय परिवर्तन भएको जानकारी दिएको छ । पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली दूतावासले जुलाई २३ बुधबारदेखि लागू हुने गरी कन्सुलर तथा राहदानी सेवा समय परिवर्तन भएको जनाएको हो । दूतावासले सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै बताएको हो ।

दूतावास बिहान ९ बजे देखि साँझ ५ बजेसम्म खुल्ला रहेतापनि रसिद काउन्टर खुल्ने समय बिहान ९ : १५ बजेदेखि दिउसो १ : १५ बजे सम्म रहने भएको हो । तर दूतावास खुल्ला रहेसम्म अन्य कामहरु हुने भएको दूतावासले जनाएको छ ।

त्यस्तै, यस अवधिमा राहदानी, पुलिस रिपोर्ट, अन्य कागजात प्रमाणिकरण लगायतका सेवा लिन सकिने छ । यसका साथै राहदानी नवीकरण गर्न चाहाने सेवाग्राहीहरुले अनिवार्य रुपमा सुचनामा भनेको कुराहरु पालना गर्नु पर्ने छ । जसमा सुरुमा अनलाइन भरेको फारमको प्रिन्ट, नेपाली पासपोर्टको सक्कल, प्रति सकल नागरिकता प्रमाणपत्र, नभएमा रंगिन फोटोकपी, नाबालकको हकमा नाबालक परिचय पत्र वा रङ्गिन फोटोकपी, बुबाआमा दुवैको नागरिकताको प्रमाणपत्रको फोटोकपी यदि लागु हुने खण्डमा सबै कागजातको एक एक प्रति फोटोकपी अनिवार्य गरिएको छ । दूतावासले हाल कार्ड मार्फत राजस्व संकलन नगर्ने बताएको छ ।

सेवा लिने क्रममा आवश्यक कागजातहरू रुजु गरिसकेपछि नगद वा राजदुतावासमै इमिडिएट बैंक ट्रान्सफर अनलाइनबाट राजस्व तिर्न सकिने सुविधा उपलब्ध गराइएको जनाइएको छ ।

हेर्नुस् दूतावासको सूचना :

Leave a Reply