Home Login
खेलकुद

इङ्ल्यान्डलाई महिला युरो २०२५ को उपाधि

पोर्चुगल — स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै इङ्ग्ल्यान्ड युरो च्याम्पियन बनेको हो । निर्धारित र थप समय पनि १-१ को बराबरीपछि पेनाल्टी सुटआउट भएको थियो ।

युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन् । उनले निर्णायक पेनाल्टी प्रहार गरेर इङ्ल्यान्डको जित निश्चित गरिन् । स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ताहाना ह्याम्पटनले दुई वटा बचाइन् ।

इङ्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो । साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन् ।

इङ्ल्यान्डले युरोको फाइनलमा पहिलो हाफमा पछि परेपनि जित निकाल्नेको पहिलो टोली बनेको‌ छ ।उनीहरूले फेरि एकपटक आफूलाई ‘कमब्याक क्विन’ प्रमाणित गरे ।

इङ्ग्ल्यान्ड युरोमा चौथो पटक पछाडि पर्यो । नकआउटका सबै ३ खेलमा पहिलो गोल खाँदै आएका थिए । तर यसपटक पनि उनीहरूले हार मानेनन् । २५ औं मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन् । तर इङ्ल्यान्डले हार मानेन ।

चोटको शंकाबीच पनि सुरुवाती ११ मा स्थान पाएकी लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीले खेलमा नयाँ ऊर्जा ल्याइन् । उनले दिएको क्रसलाई अलेसिया रुसोले ५७ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

Leave a Reply