पाफोस, साइप्रस — आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ ।
प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्थानीय कलाकारहरूले तीज विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्, जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ । साथै, तीजको मौलिकता झल्काउने नेपाली गीत-सङ्गीतमा सहभागीहरूले भरपुर मनोरञ्जन लिन पाउनेछन् ।
कार्यक्रमको अर्को प्रमुख आकर्षणको रूपमा दर खाने कार्यक्रम रहेको छ । सहभागीहरूका लागि टिपिकल नेपाली परिकारहरूको व्यवस्था गरिएको छ, जसमा पुलाउ, लोकल खसिको लेदो, नेपाली अचार, सेल, राज्मा ग्रेभी, सब्जी तरकारी, नेपाली सलाद र दरको रूपमा खीर समावेश छन् ।
कार्यक्रममा सहभागी हुनका लागि टिकट शुल्क २० युरो तोकिएको छ । पाफोस बाहिरबाट आउने सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै बसको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमबारे थप जानकारी तथा टिकट बुकिङका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ :
- सुबास वाइबा : 97819683
- पियुश लामा न्हेगि : 94560560
- जिसम क्षेत्री : 95119138
- अबि स्याङ्तान : 95591437