युरोप — अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुने भनिएको गैर–आवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२ औ अधिबेशनमा गैर–आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका वर्तमान उप–संयोजक रोबोट लिम्बुले आगामी कार्यकालका लागि युरोप संयोजक पदमा आफ्नो उम्मेदवारी दिने भयेका छन ।
गएको अधिबेशनको निर्वाचनमा सबैभन्दा बढी मत ल्याउँदै यूरोप उप–संयोजक पदमा निर्वाचित भएका लिम्बु यसपटकको निर्वाचनमा पनी सशक्त र बलियो उम्मेदवार हून ।
पीएचडी स्कलर लिम्बु अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, राजनीति र विकास अध्ययनमा लामो शैक्षिक र व्यावसायिक अनुभव हासिल गरेका छन् । शैक्षिक पृष्ठभूमिसँगै नेतृत्व र संगठनात्मक क्षमतामा पारंगत लिम्बुले युरोपभर रहेका नेपाली समुदायका हरेक गतिविधि, अभियान र चुनौतीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
युवा र दोस्रो पुस्ताका नेपालीहरूबीच अत्यधिक लोकप्रिय मानिने लिम्बु पारदर्शी नेतृत्व र नवीन सोच र समन्वयकारी बिशेषताका कारण समुदायभित्र विशेष पहिचान राख्छन् । उनले आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै भने : ‘गैर–आवासीय नेपाली संघलाई एकताबद्ध, सुदृढ, पारदर्शी र भविष्यमुखी बनाउन मेरो उम्मेदवारी हो । संस्थाको एकता, नेपाली समुदायको साझा हित र अन्तर्राष्ट्रिय स्तरमा नेपाली पहिचान मजबुत बनाउने मेरो प्रमुख लक्ष्य हुनेछ ।’
एनआरएन अभियानमा लामो समयदेखि सक्रिय लिम्बु युरोपका विभिन्न देशमा रहेका नेपाली समुदाय भित्रका समस्या हरुलाई बुझ्ने नेत्रित्व रूपमा परिचित छन् । उनले विगतमा विविध सामाजिक अभियान, संकट व्यवस्थापन र आप्रवासी नेपालीको अधिकारका लागि निरन्तर कदम चालेका छन् । उनको योजनामा एकताबद्द संस्था निर्माण गर्दै नागरिकताको निरन्तरता , युवा पुस्तालाई नेतृत्वको मुख्यधारमा ल्याउने, नीति निर्माणमा पारदर्शिता कायम गर्ने र संस्थालाई प्रविधिमैत्री र समावेशी बनाउने प्राथमिकता रहेको छ ।
समुदायका अगुवाहरू, संघका पुराना पदाधिकारी र नयाँ पुस्ताका सदस्यहरूले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् ।