Home Login
भिडियो

रंगकर्मी नर्सिस लिङ्ग्देनको कथा र निर्देशनमा ‘हावामा हरायौकी’ सार्वजनिक

पछिल्लो समय सांगितिक बजारमा नेपाली संगितको चर्चा परिचर्चा निकै नै  रहेको छ ।प्राय समस्त गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय बन्दै गएका छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौले  माया पाएका छन् ।

यस बिचमा डार्वीन लुङ्गेलीको शब्द, संगीत र स्वर रहेको गीत  ‘हावामा हरायौं कि’ सार्वजनिक भएको छ ।

यसमा कथा तथा निर्देशन नर्सिस लिङ्ग्देनको  रहेको छ  । जो आफैमा एउटा अब्बल कलाकार हुन। बिगत पाच सात वर्ष देखिनै नाट्य क्षेत्र बाट उदाएका नर्सिसले बिभिन्न नाटकमा आफ्नो जिवन्त अभिनयले दर्शकको मन जितेका छन। आर्टमाण्डुको प्रस्तुतिमा अनिल शुब्बाको निर्देशन रहेको जो पच्छिल्लो समय निकै नै दर्शकको माया र साथ पाएको नाटक ‘चोरको स्वर’ मा पनि नर्सिस लिङ्ग्देनले एउटा अब्बल भूमिकाबाट आफुलाई प्रस्तुत गरेका थिए । असल र सरल स्वभावका नर्सिस लेखन बिदामा पनि निकै नै अब्बल छन।

युमा बशुन्धरा आर्ट्सको प्रस्तुति रहेको यस गीतमा अभिनय रंगकर्मी नर्सिस लिङ्ग्देन  र उनलाई साथ दिनको लागि सारा राई ,ऐनी राई र मिन भण्डारी रहेका छन् । छायांकन तथा सम्पादन अनिल कटुवालको रहेको छ ।

Leave a Reply