Home Login
खेलकुद

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित

पोर्चुगल — विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ । विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो । आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय प्यारटले गोल गरे ।

दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गरेको पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो । उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए । त्यसपछि पोर्चुगल थप दबाबमा परेको थियो ।

यो जितसँगै आयरल्यान्डको विश्वकप सपना अझ बलियो बनेको छ । समूह ‘एफ’ को शीर्ष स्थानको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नेछ ।

Leave a Reply