पोर्चुगल — वैदेशिक रोजगारीको सिलसिलामा विगत साढे दुई वर्षदेखि पोर्चुगलमा कार्यरत एक नेपाली युवाको सडक दुर्घटनामा परी दुःखद निधन भएको छ ।
नेपालको रौतहट जिल्ला, चन्द्रनिगापुरमा जन्मिई हाल सुनसरीको इटहरी-५ मा बसोबास गर्दै आउनुभएका ४१ वर्षीय नगेन्द्र चौधरीको गत नोभेम्बर ९ तारिखका दिन बेलुकी करिब ७:३० बजे दुर्घटनामा परी निधन भएको हो ।
प्राप्त जानकारी अनुसार, पोर्चुगलको भिसेउ जिल्ला, साताओ नगरपालिकाको राष्ट्रिय सडक २२९ मा आफ्नो इलेक्ट्रिक स्कुटरमा यात्रा गरिरहेको अवस्थामा चौधरीलाई पछाडिबाट तीव्र गतिमा आएको कारले ठक्कर दिएको थियो । ठक्कर कडा भएका कारण उहाँको घटनास्थलमै मृत्यु भएको हो ।
स्वर्गीय चौधरी विगत २ वर्ष ६ महिनादेखि पोर्चुगलको भिसेउ जिल्लास्थित ट्राभेन्सेला – साताओमा बस्दै आउनुभएको थियो । उहाँ यहाँको ‘Quinta de Villar’ नामक कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँको निधनको खबरले नेपालमा रहनुभएका उहाँका बुबा-आमा, श्रीमती उषा मझी चौधरी, १८ वर्षीय छोरा रेगन चौधरी र १२ वर्षीया छोरी ऋषिका चौधरी (जो हाल कक्षा ७ मा अध्ययनरत छिन्) लगायत सम्पूर्ण परिवार र पोर्चुगलमा रहनुभएका आफन्त तथा साथीभाइ गहिरो शोकमा डुबेका छन् ।
हाल उहाँको पार्थिव शरीर भिसेउ अस्पतालमा राखिएको छ । उहाँको शवलाई नेपाल पठाउने प्रक्रिया निकै जटिल र खर्चिलो हुने भएको कारण पोर्चुगलमा रहेका नेपाली समुदायले आर्थिक सहयोगका लागि अपिल गरेका छन् । परिवारको यो असह्य पीडाको घडीमा सानो भए पनि आर्थिक सहयोग गरी मृतकको पार्थिव शरीरलाई स्वदेश पठाउने प्रक्रियामा हातेमालो गरिदिनुहुन पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिएको छ ।
सहयोगको लागि बैंक तथा सम्पर्क विवरण :
सहयोग गर्न चाहनुहुने महानुभावहरूले निम्न खाता वा MB Way मा रकम जम्मा गर्न सक्नुहुनेछ :
१. राजाराम श्रेष्ठ
Bank Name : Novo Banco
IBAN : PT50 0007 0000 0072 9722 0772 3 MB Way : 920410976
२. सुनिल देवकोटा
Bank Name : Novo Banco
IBAN : PT50 0007 0000 0065 5849 8842 3 MB Way : 920549354
थप जानकारीका लागि सम्पर्क नम्बर :
राजाराम श्रेष्ठ : +351 920410976
सुनिल देवकोटा : +351 920549354





