पोर्चुगल — राहदानी विभागले विभिन्न जिल्ला र विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएका राहदानीहरूको विवरण सार्वजनिक गरेको छ । विभागले २०८२ मंसिर १० गते एक सूचना जारी गर्दै २०२५ नोभेम्बर १ सम्म आवेदन दिएका सेवाग्राहीहरूको राहदानी तयार भई सम्बन्धित स्थानतर्फ पठाउने क्रममा रहेको जानकारी गराएको हो ।
विशेष गरी वैदेशिक रोजगारी र अध्ययनका लागि प्रमुख गन्तव्य मानिने पोर्चुगल, जापान, अष्ट्रेलिया लगायतका मुलुकहरू र नेपालका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा ठूलो संख्यामा राहदानी पठाइँदैछ ।
विभागको तथ्यांक अनुसार विदेशस्थित नियोगहरूमध्ये सबैभन्दा धेरै जापान र त्यसपछि पोर्चुगलका लागि राहदानी तयार भएका छन् । युरोपेली मुलुक पोर्चुगलका लागि मात्रै ७ सय ६० थान राहदानी तयार भएको विभागले जनाएको छ । विदेशस्थित नेपाली नियोगहरूका लागि तयार भएको राहदानीको विवरण यस प्रकार छ ।
जापान : १ हजार ५ सय ४२ थान
पोर्चुगल : ७ सय ६० थान
अष्ट्रेलिया : ७ सय ५६ थान
जर्मनी : २ सय ५३ थान
विभागले विदेशका अलावा नेपालका विभिन्न जिल्ला प्रशासन कार्यालयहरूमा पनि राहदानी पठाउने क्रम सुरु गरेको छ। जसमा बारा जिल्लाका लागि सबैभन्दा धेरै राहदानी तयार भएका छन् । जिल्लागत विवरण यस प्रकार छ ।
बारा : ७ सय २३ थान
दोलखा : ५ सय ९२ थान
खोटाङ : ५ सय ८२ थान
रौतहट : ३ सय १४ थान
विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली दूतावास वा नियोगहरूमा सम्पर्क राखी आफ्नो राहदानी बुझ्न अनुरोध गरेको छ । राहदानी लिन जाँदा आवेदन फारम बुझाएको रसिद वा एसएमएस लिएर जान विभागले सुझाइएको छ ।





