लिस्बन — लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीहरूका लागि बुधबार एक महत्त्वपूर्ण सूचना जारी गर्दै नयाँ राहदानी बुझिलिन अनुरोध गरेको छ । दूतावासले पेरिसबाट तयार भएर आएका राहदानीहरू अब वितरणका लागि तयार अवस्थामा रहेको जानकारी गराएको हो ।
दूतावासले सम्बन्धित आवेदकहरूलाई कार्यालय खुलेको दिन दिउँसो २ बजे उपस्थित भई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको छ । राहदानी लिन आउँदा अनिवार्य रूपमा पुरानो राहदानी (नयाँ बनाउनेहरूको हकमा) र आवेदन दिँदा दूतावासबाट प्राप्त गरेको नगदी रसिद साथमा ल्याउनुपर्नेछ । दूतावासले यो पनि स्पष्ट पारेको छ कि यदि आवेदक स्वयं कुनै कारणवश उपस्थित हुन नसकेको खण्डमा, निजको परिवारको सदस्य वा अन्य व्यक्तिले आधिकारिक मञ्जुरीनामा कागज लिएर आएमा पनि राहदानी उपलब्ध गराइनेछ ।
यसपटक सार्वजनिक गरिएको सूचीमा जम्मा २७ जना सेवाग्राहीको नाम समावेश छ । राहदानी तयार भएर आएका व्यक्तिहरूमा टेक बहादुर दर्लामी, याङ्छेन डोल्मा, मनोज देवकोटा, जस्मिन सापकोटा, बसुराम माझी, लकी गुरुङ, राम गुरुङ, उज्वल सापकोटा, रबिन सापकोटा, राजेश राणा, प्रिन्स रेग्मी, अनिश गुरुङ, युमिषा पौडेल, खुम बहादुर पुलामी मगर, राकेश गुरुङ, अर्जुन थापा मगर, आदर्श थापा, ल्हाक्पा छिरिङ शेर्पा, रबिन कुमार त्रोकछाकी, किशोर पौडेल, सुदीप गुरुङ, काकेश राणा मगर, गीता राणा तामाङ र बोध ज्ञान रेग्मी रहेका छन् ।
सूचीमा केही विशेष प्रकृतिका राहदानीहरू पनि रहेका छन् । रियोना थापा र इमानी सन्तोष पाण्डेको हकमा नयाँ राहदानी रहेको उल्लेख छ भने सरिता लिम्बुको हकमा हराएको राहदानीको सट्टामा नयाँ राहदानी आएको जनाइएको छ । सम्बन्धित सबैलाई तोकिएको समय र प्रक्रिया पूरा गरी यथाशीघ्र आफ्नो राहदानी सङ्कलन गर्न दूतावासले आह्वान गरेको छ ।





