Home Login
प्रविधि

‘फेसबुक मोनिटाइजेस सहकार्य’ ग्रुपको लोकप्रियता बढ्दो

काठमाडौँ — मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सुरु गरे सङ्गै सामाजिक सञ्जाल प्रयोगकर्ताबिच आम्दानीका लागि योग्यता पुर्‍याउन एक आपसमा सहकार्य गर्ने अभियान नै चलेको छ । यो अभियान विशेष गरी फेसबुकमा बनाइएका विभिन्न ग्रुपमार्फत सञ्चालनमा छन् ।  ती मध्य अहिले फेसबुक मोनिटाइजेसन सहकार्य’ नामक एउटा फेसबुक ग्रुप निकै सक्रिय छ । 

यस प्रकारका ग्रुपहरू विदेशमा पनि सञ्चालित छन् । तर यो ग्रुप नेपालीहरूलाई लक्षित ग्रुप हो । उक्त ग्रुपमा यो समाचार तयार पार्दासम्म १ लाख २९ हजार भन्दा भन्दा बढी सक्रिय सदस्य छन् ।  

एक आपसमा सहकार्य गर्दै फेसबुकमा फलोवर्स बढाउन सक्रिय रहेको उक्त ग्रुप दामोदर न्यौपानेले परिकल्पना गरेका हुन । फेसबुक मोनिटाइजेसनको लागी अत्यन्त सक्रिय रहेको उक्त ग्रुपले सामाजिक सञ्जाल प्रयोगकर्ता सहयोग पुर्‍याउँदै आएको  छ ।

उक्त ग्रुपका एडमिन प्रदीप गौतमका अनुसार, ग्रुपमा जोडिनुभएका सबैले एक-आपसमा सहयोगको भावना राखी सबैले सबैलाई फलो गर्ने र एक-आसमा सबैले आफ्नोआफ्नो फलो बढाउने काम गर्ने हो । यो ग्रुपमा जोडिएर एक आपसमा सहकार्य गर्दै धेरैले डिजिटल लाभ लिन सफल भएका छन् । 

पछिल्लो समय सामाजिक सञ्जालको ग्रुपहरुमा निकै सक्रिय देखिएको उक्त ग्रुपको बढ्दो लोकप्रियताका रूपमा लिएको प्रतिक्रिया दिएका छन् । यो ग्रुपलाई सही सदुपयोग गर्न पनि उनले परिकल्पनाकार र एडमिनलाई सुझाव दिएका छन् ।

Leave a Reply