Home Login
नर्वे

नेपाली पोर्चुगिस समाज-नर्वेको नयाँ कार्यसमिति चयन

नर्वे — नेपाली पोर्चुगिस समाज-नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशन डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको हो ।

नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् । महासचिवमा प्रवर्ता पन्थी गैह्रे, सचिवमा नारायण सुवेदी र कोषाध्यक्षमा युवराज खनाल चयन भएका छन् । त्यसैगरी युवा संयोजकमा मदन कँडेल र महिला संयोजकमा निर्मला सापकोटा ‘निरु’ चयन भएकी छन् ।

सदस्यहरूमा जीवनहरी काफ्ले, प्रकाश काफ्ले, एम. कुमार लिम्बु, सुरज श्रेष्ठ, शालिकराम ढुंगाना, राम बहादुर पुन, सिम बहादुर गुरुङ, ओमकार थापा, पुष्पा तामाङ, धन बहादुर तामाङ, भेषराज सापकोटा र रबिन उपाध्याय चयन भएका छन् ।

नवनियुक्त अध्यक्ष प्रेम बहादुर परियारले शुभकामना मन्तव्य दिँदै नेपाली पोर्चुगिस समाज-नर्वे सामाजिक संस्था भएकाले राजनीतिलाई संस्थाको दायराबाहिर राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रवासमा रहे पनि जन्मभूमिलाई कहिल्यै नबिर्सने बताउँदै देशलाई अप्ठेरो परेको बेला आपसी सहयोगमार्फत योगदान दिँदै आएको उल्लेख गरे। “२५/२७ कार्यकालका लागि हामीलाई दिएको जिम्मेवारीप्रति सबैप्रति धन्यवाद व्यक्त गर्दछु । विगतभन्दा फरक र समाजले देख्ने तथा महसुस गर्ने खालका काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने ।

अधिवेशनकी प्रमुख अतिथि एनआरएनए नर्वेकी अध्यक्ष श्रद्धा सिंह थापाले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै नेपाली समाज पोर्चुगल–नर्वेले अझ प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

अधिवेशनमा नर्वेमा रहेका पोर्चुगलबासी नेपालीहरू तथा विभिन्न नेपाली संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । निर्वाचन समितिका अनुसार हाल नेपाली पोर्तुगिज समाज-नर्वे (नेपोज) मा करिब १९२ जना साधारण सदस्य रहेका छन् ।

Leave a Reply