नेप्लिज वोमन एशोसिएसनले गर्यो पिडित परिवारलाई आर्थिक सहयोग

पोर्चुगल । केही दिन अगाडि पोर्चुगलको ओदिमेरा भन्ने ठाउँमा आफ्नै साथीले गरेको छुरा प्रहारबाट ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारमा बृद्द बुवा आमा, चार स-साना छोराछोरी र श्रीमती मात्र भएको र परिवारको स्थिति निकै नाजुक भएकोले पोर्तुगलमा रहेको नेपाली दिदिबहिनीहरुको साझा संस्था नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ज्यान गुमाएका पर्वतका धनबहादुर क्षेत्रीको परिवारलाई सहयोग गरेका छन् ।

नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले तिहारको अबसरमा देउसीभैलो खेलेर जम्मा गरेको रकम बाट नेपाली ५० हजार रुपैयाँ मृतक धनबहादुरको श्रीमतीको खातामा पठाएको नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलका अध्यक्ष  शान्ति अर्याल अधिकारीले जानकारी दिनु भयो ।

सन् २०१४ मा स्थापना भएको नेपाली नारी समाज र सन् २०१९ मा स्थापना भएको नेपाली महिला समाज वीच हालसालै एकताको अधिवेशन सम्पन्न भएको थियो ।

संस्थाले पोर्चुगलमा नेपाली समाजमा सक्रिय भुमिका निर्बाह गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *