नर्वे — नेपाली कांग्रेसभित्र उठेको विशेष महाधिवेशनको मागलाई नेपाली जनसम्पर्क समिति नर्वेले सकारात्मक र ऐतिहासिक कदमको रूपमा स्वागत गरेको छ । भदौ २३ र २४ पछि विकसित राजनीतिक परिस्थितिमा पार्टीलाई संस्थागत गर्न, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र जिम्मेवार नेतृत्व स्थापित गर्न विशेष महाधिवेशन आवश्यक रहेको समितिको ठहर छ ।
आम कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको सक्रिय पहलमा उठेको यो माग समन्वय गरेकोमा कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माप्रति समितिले आभार व्यक्त गरेको छ । विशेष महाधिवेशनले देश–विदेशमा रहेका कांग्रेसजनबीच सकारात्मक सुधार र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने विश्वास पनि व्यक्त गरिएको छ ।
जनसम्पर्क समिति नर्वेअन्तर्गतका सातै जना महाधिवेशन प्रतिनिधिहरूले परिवर्तनका लागि खेलेको भूमिकाप्रति धन्यवाद र बधाई दिइएको छ ।






