क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ ।

यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि हो। विदेशबाट अध्ययन गर्न क्यानाडा गएका विद्यार्थीहरूले थप चार महिना अर्थात अप्रिल २०२४ सम्म २० घण्टा भन्दा धेरै समय काम गर्न सक्ने सरकारले घोषणा गरेसँगै विद्यार्थीहरुमा उत्साह थपिएको छ ।

क्यानाडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धि मन्त्री मार्क मिलरले जारी गरेको प्रेस विज्ञप्ति अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सत्र चलिरहेको अवस्थामा पनि प्रति हप्ता २० घण्टा भन्दा बढी काम गर्न अनुमति दिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *