सवारी साधनको अनुमति पत्र ट्रायल दिनेहरु लाई एउटा सेक्रेट टिप वा सुझाव

युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन  चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ ।

तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा पनि काम गर्छ ।

तपाईं सवारी अनुमति पत्र निकाल्न चाहानु हुन्छ र तपाईंलाई केही कुराहरु वा कसरी आफुले मनमा डर नहुने कुराहरु केही छैन जस्तो लाग्छ भने हामी तपाईंलाई केही ट्रायल दिनेहरु लाई एउटा सेक्रेट टिप है दिने छौं ।

ट्रायल दिदा ड्राइभिङ्गमा ट्राफिक सिग्नल र नियमको त पालना गर्नुहुन्छ तर सकेसम्म एकदमै चनाखो भएजस्तो एक्टिङ पनि गर्नुस् है।

जस्तै: जक्सन, गोलघुम्ति, मा पुग्दा दायाँबायाँ टाउको घुमाउने यसो साइडको ऐना हेरे जस्तो गर्ने, गाडी स्लो-स्लो गर्दै पछाडिको ऐना पनि हेर्ने, गियर चेन्ज गर्दा हत्तार मा नगर्ने बरु गाडी हुत्तिन्छ भन्ने लाग्यो भने आधा क्लच थिचेर हल्का एक्सिलेटर दिने र गाडी लाई सन्तुलन मा राख्ने, तर धेरै एक्सिलेटल थिचेर “ह्वा-ह्वा” नपार्ने, जेब्रा क्रसिङ्ग र विशेष बजारको भिडभाडमा धेरै स्पिडमा नहाक्ने अनि यताउता टाउको घुमाएर हेरे जस्तो गर्ने ।

यो चै तपाईंको चलाखी हो, इन्स्पेक्टर लाई लागोस तपाईं निक्कै सावधानीका साथमा गाडि चलाउदै हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *