तमु ल्होसार युरोपेली मुलुक पोर्तुगलमा पनि मनाउँदै ।

पोर्तुगल । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

तमु समुदायहरु नेपालमा मात्र नभई बिदेशमा पनि धेरै बहुलेता भएकोले युरोपेली मुलुक पोर्तुगलमा पनि तमु ल्होसार’ पर्व मनाउँने भएका छन् ।

पोर्तुगलमा रहेको संस्था तमु समाज पोर्तुगलले तमु ल्होसार’ जनवरी ७ तारिक मनाउँने अध्यक्ष बिकाश गुरुङले जानकारी दिनु भयो ।

पोर्तुगलको मोन्तिजोमा रहेका गुरुङग समुदायका नेपालीहरुले गठन गरेको तमु समाज मोन्तिजोले हिजो  ३० डिसेम्वरको दिन विविध साँस्कृतिक कार्यक्रम सहित ल्होसार पर्व  मनाएका छन् ।

त्यस्तै गरि तमु समाज पोर्तुगलको शाखा अलेन्तेजोले पनि हिजो डिसेम्बर ३० तारिक जम्बुजिरा हलमा विविध साँस्कृतिक कार्यक्रम सहित ल्होसार पर्व मनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *