पोर्चगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोर्चगल । पोर्चगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ ।

नुवाकोट जिल्ला पंचकन्या गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ टोखा न.पा. वडा नं. ११ मनमैजु बस्ने चक्र बहादुर थापाको छोरी वर्ष २२ की रचाना थापाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र लाख रुपैयाँ ) लाग्छ र पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु भनि मासिक रु. १,३०,०००/-( अक्षेरुपी एक लाख तीस हजार रुपैयाँ )  तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ९,९०,०००/- (अक्षेरुपी नौं लाख नब्बे हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले आरोपमा प्रहरी टोलीले समातेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *