आफ्नै मोबाइल ल्यापटप मा आफ्नो ट्याक्स कसरी हेर्ने?

पोर्चुगल । सोसियल सेक्युरिटी को वेबसाईटमा तपाइँको ट्याक्स कत्ती महिनाको गएको छ वा छैन भनेर यसरी हेर्न सक्नुहुन्छ ।

१, सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटरको गुगल क्रोम ब्राउजर खोल्नुस ।

२, त्यसपछि https://app.seg-social.pt/ptss/ptss/?dswid=4828  साइटमा जानुस् ।

३, यदि तपाइले मोबाइल बाट चलाउदै हुनुहुन्छ भने साइट खुलिसकेपछी Address bar को  दाहिनेपट्टि रहेको तिनवटा थोप्ला भएको Option मा गएर Windows View अथवा Desktop Site मा Tick लगाउनुस ।

४, त्यसपछि माथी रहेको DIRETA अप्सन मा क्लिक गरेर आफ्नो सोसियल नम्बर र पासवर्ड हान्नुहोला ।

५, त्यसपछि Monthly Remuneration मा गएर तपाइँको ट्याक्स डिटेल हेर्न मिल्छ, त्यसपछि कहि कतै टिक लगाउने अप्सन आएको खण्डमा भने नलगाउनुहोला ।

नोट: माथी उल्लेखित साइटमा गएर तपाइँले आफ्नो ब्याक्तिगत बिवरण हेर्न, Social Security Number दर्ता गराउन, पासवर्डका लागि अनुरोध गर्न, EU health card पाउन लगायतका अधिक सुबिधाहरु पाउनुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *