आजबाट राहदानीका लागि ‘बायोम्याट्रिक’ लिने कार्य सुरु

                      तस्वीर : नमराज दुवाडी
लिस्बन ।
पोर्चुगलको राजधानी लिस्बनमा राहदानीको दोस्रोपटक जैविक विवरण संकलन गर्न नेपाली दुतावासको कार्यलय पेरिसबाट आएको घुम्ती सिविरले आफ्नो काम सुरु गरेको छ । नेपाली महाबाणिज्यदुतको कार्यालय लिस्बनले प्रकाशित गरेको नामावाली अनुसार आज पहिलो चरणको काम सुरु भएको हो।

पोर्चुगलको राजधानी लिस्बनको Rua Jose estevao N. 44A 1150-203 बाट काम सुरु भएको हो । यो कार्य मार्च ३१ तारिख सम्म सञ्चालनमा रहनेछ । विहान ८ देखि साँझ ६ बजेसम्म बायोम्याट्रिक हुने छ ।

नेपाली महाबाणिज्यदुतको अनुसार , तपाईँको आफ्नो पालो र आफ्नो नाम रहेको दिनमा गएर आफ्नो बायोमेट्रिक गर्नुहुनको लागि अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *