पोर्तुगल । अप्रिल १ सोमबार देखि IRS भर्ने समय खुलेको छ। यदि तपाईँले आफ्नो डिपेन्डेन्ट हटाउनुभएको छ भने तपाईंले आफ्नो IRS भर्न सक्नुहुनेछ। र तपाईँले आफ्नो IRS भन्न सक्नुभएन भने हामीले तल दिएको बुँदागत पोइन्टमा तपाईंले हेरेर IRS भर्न सक्नुहुनेछ। हामीले IRS भनेको के हो भनेर यो भन्दा अगाडि पनि हामीले तपाईहरुको लागि एउटा न्युज सार्वजनिक गरिसकेका छौँ।
IRS भर्दा सधैं पेशेवर वा पोर्चुगलमा कर प्रणालीको बारेमा राम्रो ज्ञान भएको कसैलाई सोध्नुहोस्। कुनै पनि अनियमित व्यक्तिहरूलाई तपाईंको IRS भर्न नदिनुहोस्, तपाईंले IRS फाइल गर्दा धेरै सावधान रहनु आवश्यक छ अन्यथा तपाईंले त्रुटिको लागि फाइन आउन सक्छ।
IRS कसरी भर्ने हेर्नुहोला ।
गुगल/ क्रोम वा कुनै ब्राउजरमा पोर्टल फिनान्स टाइप गर्नु वा Portal das financas ,निफ लेखेकोमा थिच्नु फिनान्स न र कोड राखी लग इन गर्नु ,यहा अब सर्च बक्समा IRS लेखि सर्च गर्नु वा सिधै IRS / Automatic IRS लेखेकोमा थिच्नु ,गत वर्षकै ऐ ऐ छ जस्तो कि परिवारका सदस्य थपघट भएको छैन २०२३ मा भने Automatic मा क्गलिक रिदिनु सिधै हुन्छ । यहा तलको केहि गर्नु पर्दैन । आफै अटोमेटिक हुन्छ ।तर गत वर्ष भन्दा २०२३ मा हाल परिवार आउनु भएको छ , नया मुटुको टुक्रा (बेबी) को आगमन भएको छ भने वा पहिलो पटक भर्दा वा जसले पनि Entrega Declaracao model 3 मा थिच्नु ,अब पहिलो न कै Preenchar Declaracao थिच्नु ,Escola o ano/ year मा २०२३ सेलेक्ट गर्नु ,अब पहिलो गोलो (obtain pre filled declaration/ obrencao de uma declaracao pre- preenchida) मा क्लिक गर्नु ।यसैको तल साल/ Year/Ano 2023 आफै लेखेर आउछ , यसको तल Passive A मा आफ्नो फिनान्स न राख्नु । श्रिमान वा श्रिमतीको संगै जोड्ने भए A को मुनी opcao pela conjunto लेखेको बक्समा टिक गर्दिनु र B मा जीवनसाथीको फिनान्स न राख्नु । B मा उहाको फिनान्स न राखेपछि Authenticar गरि उहाको नि फिनान्स पासकोड राख्ने ठाउ आउछ आफै त्यो राखि Authenticate गर्दिनु । अब १ देखि १३ सम्मको लिस्ट देखिन्छ यहा १/२/३ केहि गर्नु पर्दैन ४ मा विवाहित / सिंगल त्यो टिक गर्नु ।नेपाल परिवार भए पनि फिनान्स न नबनिसकेको परिवार आइआरएसमा सिगंल मानिन्छ । अब ६ मा बच्चाबच्ची डिपेण्डेण्टमा राख्नु ।बच्चाबच्चीको फिनान्स न राख्नुपर्छ । यसपछि ८ मा जानु यहा तपाइको फिनान्समा ठेगाना कहा छ , मदेरा , अजोर्स वा कन्तीनेन्त भनेको फारो देखि ब्रागान्सा सबै पर्छ त्यहा क्लिक गर्नु । यसपछि ९ मा खाता न चेक गर्नु नभए add गर्नु , फिर्ता आउने पैसा यहि खातामा आउछ । Nature of declaracao लेखेको १० मा क्लिक गरि १ st declaracao de ano क्लिक गर्नु । यहि नै हो साधारण काम गर्ने सबैको अब Validar क्लिक गर्नु , अनि Simular / simulate क्लिक गर्नु यहा देखिन्छ फाइन तिर्नु पर्ने कि पैसा फिर्ता पाउने । Payable भनि निलो अक्षर आए तिर्ने र Receivable भनि हरियो आए फिर्ता पाउने ।
IRS भर्नुका धेरै फाइदाहरू छन्:
कर फिर्ता सामाजिक लाभहरू, जस्तै मासिक मेट्रो छूटहरू , परिवार पुनर्मिलन आवेदन , अपार्टमेन्टको ऋण वा लीज , आय इतिहास र धेरै धेरै …
irs भनेको के हो ? तल पूरा हेर्नू होला ।
Please follow and like us: