पोर्चुगल फुटबल महासंघ (FPF – Seleções de Portugal) का अध्यक्षका अनुसार लिस्बनमा रहेको Estádio da Luz स्टेडियमले २०३० फुटबल विश्वकपको सेमिफाइनल मध्ये एउटा आयोजना पोर्चुगलले गर्ने भएको छ।
फर्नान्डो गोम्सले भनाई अनुसार, पोर्चुगलले स्पेन र मोरक्कोसँग गरेको उम्मेदवारीलाई अझै पनि “सकारात्मक मूल्याङ्कन” गर्न आवश्यकता भएको बताए । फर्नान्डो गोम्सले लिस्बनको क्याथोलिक युनिभर्सिटीको कानुन संकायले आयोजना गरेको ‘२०३० विश्व फुटबल च्याम्पियनसिप: एनाटॉमी अफ ए क्यान्डिडेसी’ सम्मेलनमा बोल्दै भनेका थिए ।
८० हजारभन्दा बढी दर्शक क्षमताको स्टेडियम आवश्यक भएकाले प्रतियोगिताको फाइनल पोर्चुगलमा खेल्न नसकिने तर सेमिफाइनल मध्ये एउटा आयोजना गर्ने योजना रहेको निर्देशकले दोहोर्याए थिए ।
पोर्चुगलले फाइनल आयोजना नगर्ने देशसँग मिलेर सेमिफाइनल खेल्नेछ फर्नान्डो गोम्सको भनाई अनुसार ,फिफाले कम्तिमा ६० हजार सिट भएको स्थान आवश्यक पर्ने बताए।