नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन हुदै ।

युरोपभरिका नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन आगामी १ मे २०२४, बुधबार विश्व मजदुर तथा श्रमिक दिवसको दिन आयोजना हुने भएको छ ।

नेपाल पत्रकार महासंघ यूरोप शाखाको अप्रिल १८ तारिख अध्यक्ष प्रेम परियारको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले महासचिव द्रोण रिजालले सांगठानिक प्रतिवेदन,उपाध्यक्ष राजकुमार थापाले विधान संसोधन प्रतिवेदन र कोषाध्यक्ष ईन्दिरा चाम्लिङ्गले आर्थिक प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिएको छ ।

बैठकबाट अधिवेशनका लागि निर्वाचन समिति समेत गठन गर्ने र महासंघको केन्द्रसंग आवश्यक समन्वय एवं सहकार्य गर्नका लागि अध्यक्ष प्रेम परियार, बरिष्ठ उपाध्यक्ष केजिन राई र महासचिव द्रोण रिजाललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

युरोप शाखालाई एक्यवद्ध बनाएर अगाडि बढाउन शाखामा आवद्ध, अन्य शाखाबाट स्थानन्तरण भएर आएका र नयाँ सदस्यहरुको सदस्यता अपडेट गरी  स्वीकृतका लागि पठाउने निर्णय समेत गरेको छ ।

अधिवेशन भर्चुअल(ZOOM) माध्यमबाट हुने र घोषणा कार्यक्रम बृहत रूपमा गरिने योजना रहेको जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *