युरोपमा नेपाली ग्राहक

करिब दुई दिन अगाडि पोर्चुगलको एक रेस्टुरेन्टमा घटेको घटनाबारे केही सचेत र केही नेपालीको घिन-लाग्दो व्यवहारले अहिले पोर्चुगिसहरु र पोर्चुगलमा व्यवसाय गर्दै आइरहेका नेपालीहरु थकित भइसकेको छ।

हामी कुनै पनि रेस्टुरेन्टमा खाना जान्छौं अथवा साथीभाइ भेटघाट गर्नको लागि जान्छौं र गइसकेपछि हामी त्यहाँ दुई तीन घण्टा समय बिताउँछौं । युरोप आइसकेपछि हामीले खाने तरिका अथवा बोल्ने तरिका पनि धेरै कुरा परिवर्तन गर्नुपर्छ जस्तो लाग्छ। तर हामी नेपालीको बानी जहिले पनि जुन ठाउँमा गएपनि हाम्रो बानी (पारा) देखाउने हुन्छ अथवा यसलाई यसरी भनुम नेपालीले जुन ठाउँमा गएपनि आफ्नो (हैसियत) देखाइ हाल्छ।

रेस्टुरेन्टमा खाना जाने हो अथवा साथीभाइ भेटघाट गर्नको लागि जाने हो खाएर झगडा गर्न अथवा खाएर अरु टेबलमा बस्ने साथीहरुलाई डिस्टर्ब गर्नको लागि जाने होइन।

हामीले बोलेको कुराहरु अरु टेबलमा डिस्टर्ब नहोस् अथवा अरु टेबलमा अप्ठ्यारो नहोस्।हामी नेपाली रेस्टुरेन्टमा गएर बियर अथवा मदिरा (पीए पदार्थ) गरिसकेपछि हामीले आफू को हो भन्ने कुरा नै बिर्सिएर झै झगडा गर्न थाल्छौं सानो सानो कुरालाई एकदमै ठूलो बनाएर हामीले त्यही कुरा लिएर सँगै आएका साथीसाथी बीच पनि कुटाकुट गर्न थाल्छौं।

हामीलाई मदिरा (पीए पदार्थ) गरिसकेपछि ठूला ठूला कुरा गर्ने आफ्नै साथीभाइहरुलाई नचिन्ने जस्ता प्रविधिले नै यस्तो समस्याहरु उत्पन्न हुन्छ।

हामीले आफ्नो जन्मभूमि देश छोडेर प्रदेश आइसकेपछि हामी सबैजना नेपाली एकअर्कामा मिल्नुपर्छ अथवा मिलिजुली अगाडि बढ्नुपर्छ यहाँ पोर्चुगलमा आप्रवासीहरूलाई हेर्ने दृष्टिकोण गिरिरहेको बेलामा हामीले यस्ता व्यवहारहरु नगर्दा एकदमै उत्तम हुनेछ ।

युरोप आइसकेपछि हामीले अलिकति केही कुराहरु आफूमा पनि परिवर्तन गर्नुपर्ने हुन्छ। यो घटना रेस्टुरेन्टमा मात्र होइन हामीले रेस्टुरेन्टबाट खाएर बाहिर निस्केपछि पनि बाहिर रोडमा पनि एकदमै छरपस्ट देखिरहेका हुन्छौं ।

पोर्चुगलमा आप्रवासीहरूलाई एकदमै कडाई भइरहेको छ र कडाई हुने जारी छ। तपाईँ हामी केही सपना बोकेर नै युरोप आएका हौँ र त्यो सपना पूरा गर्नका लागि हामी दिनरात नभनी काम गरिरहेका हुन्छौं।

केही समयको लागि रमाइलोले तपाईंको जिन्दगीमा दाग लाग्न सक्छ। कृपया तपाईहरु जुनसुकै ठाउँमा जानुस् हिँड्नुस् अथवा डुल्नुस् रमाइलो गर्नुस् तर त्यो रमाइलोले भोलि तपाईँलाई असर नपरोस्। एक दुई दिनको रमाइलोले जिन्दगीभर आफूलाई असर पर्ने काम नगर्नुस्।

यो एक बनावटी कथा नभएर घटेको घटनालाई आधार मानेर हामीले तयार पारेको रिपोर्ट हो। केही समयपछि हामीले यसलाई अझै फोटोसहित बाहिर ल्याउने प्रयास गर्नेछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *