पोर्चुगलको जम्बुजेइरामा धुर्मुस सुन्तली आउदै

(पोर्चुगलको जम्बुजेइरामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अगस्ट ११ तारिक आइतबार आउदै)

पोर्चुगल । करिब एक महिना अघि युरोपको कार्यक्रममा निस्केको चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पोर्चुगलको जम्बुजेइरा दो मार कार्यक्रममा आउने भएका छन् ।

अगस्ट ११ तारिक आइतबार हुने कार्यक्रममा उनिहरु आउन लागेका हुन । धुर्मुस सुन्तली साझ कार्यक्रम निशुल्क रहेको आयोजक गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती अलेन्तेजुले बताएको छ ।

उनीहरू स्पेनको बार्सेलोनाको कार्यक्रम सकेर पोर्चुगल आउन लागेका हुन् ।

नेपाली समुदायको बाक्लो उपस्थिति रहेको जम्बुजेइरा दो मारमा हुने कार्यक्रममा गायक भगवान भुजेल,अर्जुन भुसाल र राजु कडेल लगायतका कलाकारहरुको पनि उपस्थिती रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *