पोर्चुगलको लागि पेरिस स्थित नेपाली राजदुतावासबाट सम्पूर्ण सेवाहरू हुने

लिस्वन । पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतको कामकारवाही बन्द भैसकेपछी अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली राजदुतावासले गर्ने भएको छ। आज एक सूचना प्रकाशित गर्दै उक्त कामहरू गर्नुभएको हो।

अहिले पोर्चुगिज रेसिडेन्सी प्राप्त गर्न हामीहरुलाई सबैभन्दा धेरै आवश्यक रहेको नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ।

जसको निम्ति आफ्नो प्रमाणपत्रको सक्कल कपी, पोर्चुगल रहेको प्रमाणित हुने कुनै कागजात र आफ्नो प्रमाणित गर्नु पर्ने कागजातको प्रकार छानेर निशान लगाएको निबेदन सहित पेश गर्नुपर्ने भनेर पेरिस स्थित नेपाली राजदुतावासले आफ्नो वेबसाईटमा सुचना जारी गरेको छ।

उक्त प्रकाशित सूचनामा पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतबाट यस अघि भएका सम्पूर्ण सेवाहरू पेरिस स्थित नेपाली राजदुतावासबाट हुने भएको छ ।

पोर्चुगलमा यही आउँदा सेप्टेम्बर,अक्टोबर र नोभेम्बरमा आफ्नो बायोमेट्रिक हुने नेपाली साथीहरूलाई चाहिने नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको लागि दस्तुरमा एकदमै महँगो भएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *