थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न)

थाईल्याण्ड । म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम थाइल्याण्डको एक पाँचतारे होटलमा शनिबार अगस्ट १७ तारिख सम्पन्न भएको हो।

कार्यक्रमको प्रमुख अतिथिमा एन.आर.एन.ए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेत र विशेष अतिथिमा फोकस नेपालका रामचन्द्र पौडेल,आमा छोतिङ गाउँ पालिकाका अध्यक्ष बुर्चुङ तामाङ लगायत थाइल्याण्डमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको साथमा बैंकङको ब्रिस्टन होटलमा गोल्डेन इन्टरनेसनल म्युजिक अवार्ड सम्पन्न भएको हो।

म्युजिक अवार्डमा उत्कृष्ट निर्देशक,उत्कृष्ट गायक,उत्कृष्ट शब्द संगीतकार साथै उत्कृष्ट सम्पादक लगायत सम्पूर्णलाई गोल्डेन इन्टरनेसनल म्युजिक अवार्डमा प्रमाणपत्र र ट्रफी समेत प्रदान गरेको थियो।

कार्यक्रममा विभिन्न नृत्य तथा नेपाली गीतहरु प्रस्तुत गरिएको थियो । उक्त टिम हिजो शनिबार कार्यक्रम सम्पन्न गरेर सिङ्गापुर प्रस्थान गरेको छ। सो टोली विभिन्न राष्ट्रहरु घुम्दै दश दिन पछि नेपाल फर्कने कार्यक्रम रहेको छ ।

कार्यक्रममा केही तस्बिरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *