Home Login
Fashion

कुवेतको स्थानीय निकायमा अनुमति नलिई आयोजना गरेको तीज कार्यक्रम रद्द

कुवेत। कुवेतमा गत शुक्रबार आयोजना गरिएको हरितालिका तीज कार्यक्रम स्थगित भएको छ। कुवेतको स्थानीय निकाय (कानन)मा गैरमुस्लिम समुदायले आयोजना गर्ने कार्यक्रमको लागि अनुमति लिनुपर्छ तर नेपाल कुवेतको सांस्कृतिक मञ्चले कुनै पनि अनुमति नलिएको बुझिएको छ।

नेपाल कुवेत सांस्कृतिक मञ्चको २३ औँ प्रस्तुति रहेको उक्त तीज कार्यक्रम नेपालबाट चर्चित कलाकार गायिका पूर्णकला बिसीको साथमा आयोजना गरिएको कार्यक्रम संभवतः कुवेतको कानुन भन्दा तीज कार्यक्रम माथि नरहेको जानकारहरु बताउँछन्।

मञ्चले अप्रत्याशित कारणले स्थगित गरिएको भनिएपनि अध्यक्ष गोविन्द बरालसहित संस्थाका सदस्यहरुको अपरिपक्वताको पराकाष्टा हो भन्ने बुझ्न कठिन छैन।

किनकी गत महिनाको ४ तारिख श्रीलंकन नागरिकहरुले आयोजना गरेको एक कार्यक्रममा अतिथि कलाकारसहित झण्डै २ दर्जन बढी श्रीलंकन नागरिकहरुलाई कुवेत प्रहरीले नियन्त्रण लिएको थियो भने पछि कार्यक्रम आयोजना गर्ने सबैलाई समेत देश निकाला गरेको पाइन्छ।

कुवेतको नेपाली समुदायका केही संस्थाका अभियन्ताहरु कुवेत देशको कानुन आफ्नो विर्ता ठान्ने प्रवृत्तिले यो अवस्था आएको हो।

मञ्चले सबैसंग क्षमायाचना गर्दै सोही कार्यक्रमका लागि नयाँ मिति र समयको बारेमा चाँडै जानकारी गराउने प्रतिबद्धता समेत जनाएको छ।

Leave a Reply