गैरआवासीय नेपाली संघ पोर्चुगलद्वारा धन्यवाद ज्ञापन

नेपाली राजदूतावास पेरिस, फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरणमा प्रहरी रिपोर्ट लगायतका विभिन्न कागजपत्र प्रमाणीकरण शिविर २९ अगस्ट २०२४ देखि शुरु गरी ७ सेप्टेम्बरसम्म संचालित उक्त कार्य पोर्चुगलको लिस्बनमा सम्पन्न भएको छ ।

उक्त कार्यमा सेवाग्राहीको अत्याधिक चाप, ठूलो संख्या र समयको सीमितताको कारण नेपाल सरकारलाई राजस्व बुझाइ सकेका अझै धेरै संख्यामा कागजातहरु प्रमाणीकरण गर्न बाँकी रहेको छ ।एनआरएनए पोर्चुगलको कार्यालयमा दर्ता भएका बाँकी कागजातहरु प्रमाणीकरणका लागि पेरिसस्थित नेपाली दूतावासलाई आग्रह गरी समन्वय गर्न पहल गरिने एनआरएनए पोर्चुगलले बताए।

पोर्चुगलमा रहेका नेपालीहरुको कागजात प्रमाणीकरण जस्तो अत्यन्त संवेदनशील, जटिल र अत्यावश्यक कार्यको मर्मलाई मनन गरी राज्यले निर्वाह गरेको अभिभावकीय कर्तव्य र भूमिकाका लागि नेपाल सरकार परराष्ट्र मन्त्री तथा परराष्ट्र मन्त्रालयका सम्बन्धित अधिकारीहरु, पेरिसस्थित महामहिम नेपाली राजदूत सुधीर भट्टराई, लिस्बनमा उक्त कार्यका लागि पेरिस दूतावासबाट खटिएर आउनु भएका नियोग उपप्रमुख सीता बस्नेत,तृतीय सचिव दीपेन्द्र साह लगायत सम्पूर्णलागि एनआरएनए पोर्चुगलले धन्यवाद दिएको छ।

उक्त शिविरलाई संयोजन गर्न एनआरएनए पोर्चुगल अध्यक्ष,आइसीसी सदस्य, पोर्चुगलस्थित सामाजिक तथा वैचारिक संघसंस्थाहरु, समाजका अगुवाहरु, कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, हल उपलब्ध गराउने घरधनी, स्वयंसेवक साथीहरू, पत्रकारहरू, सेवाग्राहीहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्बन्धित सम्पूर्णलाई समेत एनआरएनए पोर्चुगलले धन्यवाद दिएको हो।

कागजातहरु प्रमाणीकरण भइ गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालयमा रहेको हुँदा उक्त कागजातहरु दिनको २:०० बजेदेखि बेलुका ५:०० बजेसम्म (सोमबार-शुक्रबार) एनआरएनए कार्यालयमा आएर बुझ्नु हुन समेत गैरआवासीय नेपाली संघ पोर्चुगलले आग्रह गरेको छ।

ट्राभल्स र कन्सलटेन्सीमा बुझाउनु भएकोहरुले सम्बन्धित ठाँउबाट नै लिन समेत एनआरएनए पोर्चुगलले उक्त प्रकाशित ज्ञापनपत्रमा बताएको छ।

एनआरएनए पोर्चुगलको प्रकाशित ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *