फेस्टिभल अलमा नेपाल जनजाती महासंघ पोर्चुगल सहभागीता

नेपाल जनजाती महासंघ पोर्चुगलले हिजो १५ देशको सहभागीता भएको युरोपेली मुलुक पोर्चुगलको लिस्वनमा विविध साँस्कृतिक कार्यक्रममा नेपालीहरूको तर्फबाट नेपाल जनजाती महासंघ पोर्चुगलले सहभागीता जनाएको छ।

फेस्टिभल अल २०२४ को सेप्टेम्बर १५ हिजो आइतबार नेपाल सहित १५ देश सम्मिलित भएको कार्यक्रममा कला प्रदर्शनी समेत भएको थियो।

आप्रवासीहरूको पनि निकै महत्त्वपूर्ण योगदान र आप्रवासीहरू पनि पोर्चुगलमा आवश्यकता छ भन्ने मूल नाराका साथ आज यस कार्यक्रम सम्पन्न भएको हो।

आज सम्पूर्ण यस कार्यक्रममा पन्चेबाजा,परम्परागत पहिरन,मौलिकता दर्शाउने नृत्यको समेत समावेश भएको थियो।

नेपालीहरू सबैलाई समेट्नको लागि र नेपालीहरूको पनि पोर्चुगलमा योगदान महत्वपूर्ण छ भन्नको लागि नेपाल जनजाती महासंघ पोर्चुगलले सहभागिता जनाएको हो।उक्त सम्पन्न यस कार्यक्रममा थुप्रै संघ-संस्थाका प्रतिनिधिहरू पनि उपस्थिति रहेको थियो।

दिउँसो ३ बजेदेखि सुरु भएको उक्त कार्यक्रम रुवा माक्स सिल्भाबाट मार्चपास गर्दै अल्मेदा पार्कमा गएर विविध सांस्कृतिक कार्यक्रम गरि सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *