परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज क्यानडा जाँदै

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छिन् । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान लागेकी हुन् ।

क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उनी त्यता जाने छिन् । 

सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जाँदैछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *