पोर्चुगल

चितवन समाज पोर्चुगलको तेस्रो अधिबेशन सम्पन्न

पोर्चुगल।

चितवन समाज पोर्चुगलको तेस्रो अधिबेशन सेप्टेम्बर ३० तारिख सोमबार लिस्बनको जापानीज सुसि एण्ड इण्डोनेसिएन फुड रुवा दे अलाकान्त्रामा सम्पन्न भएको छ।

उक्त अधिवेशनको दिन चितवन समाज पोर्चुगलको कार्यसमिति लगायत चितवन बासीहरूको मात्रै उपस्थिति भई अधिवेशन सम्पन्न गरेको हो ।

उक्त अधिबेशन सम्पन्न भएको केही समयपछि नयाँ कार्यसमितिले अर्को बृहत कार्यक्रम राख्ने समेत भएको छ।

शिवप्रसाद ओझा अध्यक्ष रहेको नयाँ कार्यसमितिहरूमा उपाध्यक्ष सुनिल वाग्ले रहेका छन्।महासचिव सुवास पराजुली र सचिवमा गणेश थापा रहेका छन्।त्यस्तै कोषाध्यक्षमा सरस्वती रेग्मी अधिकारी रहेका हुन्।

सदस्यहरूमा सुशील खरेल,कृष्ण भण्डारी,अर्चना अधिकारी,रोहन लामिछाने (शिवराज),शिव शर्मा खरेल,सुनिला हमाल,गणेश उप्रेती ,शिशिर शर्मा,छाया भण्डारि र महेन्द्र खराल रहेका छन्।

कार्यवाहक अध्यक्ष रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सुरुमा राष्ट्रिय गान गाएर कार्यक्रम सुरुवात गरेको थियो ।निवर्तमान महासचिव तेजेन्द्र चालिसेले संन्चालन गरेको कार्यक्रममा सल्लाहकार होम गुरुङले नयाँ कार्यसमितिको नाम पढेर सुनाएका थिए।

अधिवेशनको तस्बिरहरू : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *