पुस्तक रेग्मी,पोर्चुगल।
युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की आज बिहान पोर्चुगल आइपुगेका छन्।
पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि आज सेप्टेम्बर ३० तारिख डेनमार्क देखि पोर्चुगलको राजधानी लिस्बनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
चर्चित कमेडियनहरूलाई एयरपोर्टमा स्वागत गर्नको लागि आयोजक सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको प्रतिनिधिहरू पुगेका थिए। क्यामेराको लागि डिजिटल लिस्बनबाट कृष्ण बहादुर थापा र आर्यन दियालीले फोटो र भिडियो कैद गरेका थिए।
अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् ।
३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्कको कार्यक्रम सकेर आज पोर्चुगल आएका हुन्।
मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा यस कार्यक्रमको आयोजना गरेका हुन्।
यस कार्यक्रमका लागि पोर्चुगलमा भने सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको संयुक्त रुपमा यस कार्यक्रमको आयोजना गरेका गरेका हुन् ।
नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था गरेको छ। टिकेट आयोजकले दुईटा श्रेणीमा छुट्याएको छ।पहिलो श्रेणीको टिकटको लागि २५ युरो रहेको छ भने दोस्रो श्रेणीको टिकटको लागि १५ युरो मात्र रहेको छ।
पोर्चुगलको राजधानी लिस्बन स्थित लिस्बोअ अओ भिवोमा उक्त कार्यक्रम हुने भएको हो।
‘अब हाँस्छ युरोप’ कार्यक्रम सकिएपछि लाइभ डिजे समेत रहेको आयोजकले बताएको छ। रातिको १० बजेबाट सुरु हुने कार्यक्रमको टिकटको लागि हाम्रो इभेन्ट डट कम (www.hamroevents.com) मा गएर लिन सकिने व्यवस्था रहेको छ।