प्रवासी नेपाली समाजले गर्यो दशैंको शुभकामना संगै प्रशिक्षण कार्यक्रम

ad1 ad1

७ अक्टुवर २०२४ ।

प्रवासी नेपालि समाज (नेपाली जन प्रगतिशील मन्च) अमेरिका राष्ट्रीय कार्यसमितिले दशैं तिहार, छट् र नेपाल संवत दलगायत चाडपर्वको अवसरमा प्रशिक्षणमुलक शुभकामना आदान प्रदान कार्यक्रम सोमबार गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का उपाघ्यक्ष तथा पूर्व सभामुख अग्नी सापकोटाले नेपाल शित युद्धको चपेटामा पर्ने खतरा, समाधान र समाजवादी धारको निर्माण लगायतका विषयमा धारणा राखे । उनले नेपालमै युवा शक्तिलाई रोजगारमा जोड दिनु पर्ने भनाई व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र)का सचिव तथा पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका इन्चार्ज राम कार्कीले देश निर्माण गर्नको लागि नेपाली जहाँ भएपनि भुमिका निभाउनु पर्नेमा जोड दिदैं प्रशिक्षण दिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्यद्वय रणेन्द्र बराली र मोहनमान स्वार, नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिका संयोजक उदयराज गौतम, सह-संयोजकद्वय नारायण कंडेल र अशोक खड्का सचिव तिलक के.सी लगायत सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सङगठनका अध्यक्ष काशिनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव निर्मल पाण्डेल गरेका थिए ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *