पोर्चुगल

पोर्चुगलमा नेवारहरु द्वारा म्ह पुजा हुँदै ।

पोर्चुगल । पोर्चुगल नेवा: ख:लले नेपालीहरुको चाडपर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान तथा म्ह पुजा गर्ने भएको छ । पोर्चुगलमा छरेर बसेका नेवारहरुलाई एकै ठाउँमा राख्ने गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ।

युरोपमा यो खालको कार्यक्रम पोहिलो पटक हुन लागेकोले उक्त कार्यक्रममा उपस्थितीको लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनी लगायत नेपालको हरेक जिल्लाबाट पोर्चुगलमा छरिएर बस्नुभएका समस्त संस्कृति प्रेमी नेपालीहरुलाई आयोजकले निमन्त्रणा समेत गरेको छ ।

कार्यक्रम यहीँ दुई तारिख नोभेम्बर,शनिबारको दिन ग्रिल एण्ड चील रेष्टुरेन्ट,अरोइस, लिम्बाेनमा हुने भएको छ। कार्यक्रम दिनको चार बजे देखी राती एगार बजेसम्म हुने आयोजकले बताएको छ। थप जानकारीको लागि सम्पर्क यस नम्बरमा 920043854 सम्पर्क गर्न सक्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *