किनेपोलिस लुभेन ,बेल्जियम — संयुक्त किरात समाज वेल्जियमको सातौ अधिवेशन ३१ अक्टूबर २०२४ का दिन लुभेनमा सम्पन्न भयो।
सो अधिबेशनको अध्यक्षता संस्थाको उपाध्यक्ष तथा पुर्व कार्यवाहक अध्यक्ष इन्दिरा चाम्लिङ राईले गरेका थिए भने कार्यक्रम संचालन तथा संस्थाको आर्थिक प्रतिबेदन ,प्रगति प्रतिवेदन क्षेत्रिय संयोजक गंगा इधिंगो लिम्बुले गरेका थिए।
बार्षिक प्रगति प्रतिबेदन अधिबेशनबाट सर्बसम्मत पारित भयो भने आर्थिक प्रतिबेदन रूजु हुन सकेन र आय ब्ययमा ब्यापक बेरुजु भएको सबैको निष्कर्ष रह्यो ।
सातौ अधिबेशनमा बदन योङ्हाङ , केजिन राई र बिमल सुब्बाको तीन सदसिय अध्यक्ष मण्डलले २०२४-२०२७ का लागि ९ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेका छन।
जसमा अध्यक्ष माकुना राई, उपाध्यक्षद्वय अनिल जबेगु र रबिन बान्तवा , महासचिव मुना राई, कोषाध्यक्ष शोभा राई, क्षेत्रीय संयोजकद्वय डम्बर चोङ्बाङ एन्त्रोपेन , यलम्बर काम्बाङ लुभेन र सदष्यद्वय मालती राई र अमित लिम्बु रहेका छन।
संयुक्त किरात समाज बेल्जियमको नेपालबाट अक्षयकोषको रू १५ लाखमा बेल्जियम फर्काएको ९८०० युरो + अघिल्लो अधिबेशनमा समाजको बैक खातामा रहेको १६,८६८,९१ युरो गरी २६६६८,९१ युरो नगद रहेको छ । यो नगदको मात्र हिसाब हो । यही हिसाब अधिबेशनले बेरूजु भएको ठहर गर्दै अर्थ बेरूजु बनाएको छ ।कबिता साऊदेन लिम्बु ,दौलत साम्बा लिम्बु , भिम थेबे लिम्बु र डिल्ली सुब्बा लिम्बुले संयुक्त किरात समाजको रकम अपचलन गर्दे हिनामिना गरेको ठहर गरेको छ ।
साथै अधिबेशनले ४ बुदे भावि कार्यक्रम कार्ययोजना समेत पारित गरेको छ।