पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ।
उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति सदस्य शिव राज लामिछानेले बताए।
उक्त कार्यक्रममा पोर्चुगललाई कर्मथलो बनाएका सबैका अग्रज रामप्रसाद वाग्लेले कार्यक्रमको प्रमुख अतिथि रहेका थिए भने प्रमुख अतिथिको हातबाट दियोमा बत्ती बाली कार्यक्रमको सुरुवात गरेका थिए।
उक्त कार्यक्रममा पोर्चुगलमा रहेको विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समाजका महासचिव सुबास पराजुलीले कार्यक्रमको सुरुमा स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव गणेश थापाले गरेका थिए।
कार्यक्रमको अन्तिममा संस्थाका अध्यक्ष शिवप्रसाद ओझाले पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरू सँग एकबद्धता भई काम गर्ने बताए ।