संस्कृतिको जगेर्ना गर्दै युरोपमा मनाइयो : म्ह पुजा

ad1 ad1

विकास लम्साल ।
पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका सय जना भन्दा धेरै सहभागिता रहेको थियो ।

आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम पूरा होस भनेर म्ह पुजा गर्ने चलन रहेको नेवा: ख:ल,पोर्चुगलका अध्यक्ष राजेशमान जोशीले बताए।

आत्मालाई मण्डपमा राखेर विधिपुर्वक पुजा गर्ने नेवारी  अनुसार म्ह पुजा गर्ने चलन रहेको छ ‘उनले भने “हामीले पनि त्यहि प्रचलनलाई प्रवासमा पनि निरन्तरता दिने प्रयास गरेका हौँ । हाम्रो कला, भाषा, संस्कृति भनैकै हाम्रो पहिचान हो । यसमा हामीले गर्व गर्नु पर्छ ।

युरोपमा पहिलोपटक आयोजना गरेको म्ह पुजाका संयोजक अमृतरत्न शाक्यले संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रवासमा गरिएको कार्यक्रमबाट आफू हौसिएको बताए ।

पहिलोपटक गरिएको पुजामा भएको सहभागीताले निकै खुशी लागेको छ’ उनले भने “नेपालीहरू जहाँ भएपनि आफ्नो संस्कृतिलाई भुल्न सक्दैनन् भन्ने यो गतिलो उदाहरण हो।

नेवा: ख:ल, पोर्चुगलले यसभन्दा अघि विस्केट जात्रा पनि मनाएको जानकारी दिदैं हिजोको यो म्ह पुजा पनि भव्य हुन गएको ग्रिन एण्ड चिल्डका संचालक सुमेश श्रेष्ठले पनि खुशी व्यक्त गरे । आफ्नो जन्मे हुर्केको बेला देखि आएको चलनलाई आत्मसाथ गर्न पाउँदाको खुशी हुदैन र उनले भने प्रवासमा पनि यसरी आफ्नो संस्कृति अगाल्न पाउँदा निक्कै खुशि लागेको छ ।

एक वर्ष अगाडि स्थापना भएको नेवा: ख:ल, पोर्चुगलले अब आफ्नो सांस्कृतिकको जर्गेना गर्नका लागि हमेशा प्रयास गर्ने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गरिएको थियो।

यस कार्यक्रमलाई सफल बनाउन यस खःलका महासचिव सुजेन श्रेष्ठ, सहसचिव गणेश श्रेष्ठ (दिलोन) का साथै कोषाध्यक्ष अमृत रत्न शाक्यको महत्वपूर्ण भूमिका रहेको जानकारी पनि खःलका अध्यक्ष जोशीले बताए ।

त्यस्तै पोर्चुगलमा रहेको विभिन्न नेपाली समुदायले परम्परालाई निरन्तरता दिदैं देउसी भैलो पनि खेलेका थिए ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *