पोर्चुगल

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलद्वारा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुदै

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा भोली आइतबार, १० मा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको छ।

राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो।

उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा निर्वाचित भएका थिए भने एक बरिष्ठ उपाध्यक्ष,एक महिला उपाध्यक्ष,पाँच उपाध्यक्ष,एक महासचिव,एक सचिव,एक सह सचिव,एक कोषाध्यक्ष र एक सह- कोषाध्यक्ष गरी २९ कार्यसमिति सदस्य चयन भएका थियो।

उक्त अधिवेशन सम्पन्न भए पश्चात नयाँ कार्यसमितिलाई काम गर्नको लागि आउँदो आइतबार १० तारिख कार्यसमितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रम आइतबार दिउँसो १ बजे सुरु हुनेछ भने कार्यक्रम R. do Benformoso 150, 1100-087 Lisboa मा हुने भएको छ।

आयोजकले पोर्चुगलमा रहेका विभिन्न संघसंस्थालाई कार्यक्रममा उपस्थित हुनको लागि समेत निमन्त्रणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *