Home Login
पोर्चुगल

नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलद्वारा सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा  आइतबार, १० तारिख  प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्बाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष एनआरएनए तिलक गैरेको विशेष अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो।


त्यस्तै अतिथिहरूमा सुजन लामा, दीपा काफ्ले, दिपेश बिस्ट,रमेश गुरुङ, युवराज पन्थी, प्रवल भट्टराई, प्रेम बुडापृथी,लक्ष्मी सापकोटाको अतिथिता रहेको थियो।

कार्यक्रममा फुर्पा तामाङ (उपाध्यक्ष) ले स्वागत मन्तब्य राखेका थिए।कार्यक्रम सञ्चालन महासचिव राजु लामा मोक्तान र फुर्पा तामाङ उपाध्यक्षले गरेका थिए।

राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो।

उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा निर्वाचित भएका थिए भने एक बरिष्ठ उपाध्यक्ष,एक महिला उपाध्यक्ष,पाँच उपाध्यक्ष,एक महासचिव,एक सचिव,एक सह सचिव,एक कोषाध्यक्ष र एक सह- कोषाध्यक्ष गरी २९ कार्यसमिति सदस्य चयन भएका थियो।

उक्त अधिवेशन सम्पन्न भए पश्चात नयाँ कार्यसमितिलाई काम गर्नको लागि आज आइतबार १० तारिख कार्यसमितिको सपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रम आज आइतबार दिउँसो १ बजे राजधानी लिस्बनमा भएको थियो।उक्त कार्यक्रममा सुजन लामाले नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराएका थिए।


इमान सिङ तामाङको अध्यक्ष रहेको नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमितिहरूमा बरिष्ठ उपाध्यक्ष प्रेम गोम्जा,महिला उपाध्यक्षमा निशा तामाङ,उपाध्यक्षमा सबिना मनाङथेन,फुर्बा सिङ दोङ लामा,युवराज लामा,पासाङ लामा र सोनाम लामा रहेका छन् । भने महासचिवमा राजु लामा मोक्तान,सचिवमा निर्मला तामाङ बज्यु,सह सचिवमा पुनम तामाङ,कोषाध्यक्षमा सागर योञ्जन लामा र सह- कोषाध्यक्षमा म्लाङ सिङ तामाङ रहेका हुन्।

युवा संयोजकमा बिकाश लामा,सह-युवा संयोजकमा लोप्साङ लामा र सास्कृतिक संयोजकमा बिकाश तामाङ रहेका छन्।

नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलको नवनिर्वाचित कार्यसमिति सदस्यहरुमा सबी लामा लोप्चन,सेर बहादुर तामाङ,बिरेन तामाङ,लक्ष्मी तामाङ,नरजङ तामाङ,बिल मोक्तान,लमिन तामाङ,सुनिल लामा,बुद्धि तामाङ,सुनबिर लामा,साङ,दोर्जे लामा,दावाङ लामा,समिर वाईवा,बिशाल तामाङ सयांङतान,सन्जु मोक्तान,सम्झना तामाङ,सुरेश पाख्रिन,उदाश तामाङ,सोम बहादुर तामाङ,सोमिला लामा बल,राजेश लामा,सुर्य लो तामाङ,नानु मोक्तान,अलिना तामाङ,जित बहादुर तामाङ,मिन तामाङ,दिपक दोङ र रोमीला तामाङ रहेका हुन्।

Leave a Reply