क्रोएसियाको लागि पुलिस रिपोर्टमा छाप हान्दै हुनुहुन्छ? सुन्नुहोस त

ad1 ad1

पहिला पहिला पुलिस रिपोर्ट बनाएर परराष्ट्रको छाप हानेपछि दिल्लीमा स्क्यान कपी पठाइन्थ्यो। त्यो स्क्यानलाई कमसल कपीमा प्रिन्टगरेर नेपाल एम्बेसी हानिन्थ्यो। कतिले त्यही एम्बेसी गरेको पेपरलाई पनि स्क्यान गरेर प्रिन्ट गरेर फेरि अर्को कपी मात्रै क्रोएसियनएम्बेसीमा बुझाउँथे।

फलस्वरूप डकुमेन्ट क्रोएसियन एम्बेसी पुग्दा नै एकदम अगतिलो क्वालिटीमा पुग्थ्यो। त्यसलाई उता भारतको क्रोएसियन एम्बेसीले त एसेप्ट गर्थ्यो तर ती कागज अहिले यहाँ क्रोएसियन पुलिस स्टेसनले नमानेर TRC एप्लाई गर्दा “अर्को ओरिजिनल लिएर आइज” भनेर आपत छ।

अहिले कथा थोरै बदलियो। अब परराष्ट्र पनि अनलाइन हुने भयो। तैपनि दिल्लीमा यसलाई प्रिन्ट गर्दा राम्रो कपीमा एकदम स्पष्ट रओरिजिनल क्वालिटीमा प्रिन्ट गर्नुस्। नेपाल एम्बेसी गरेपछि यो कागज नदोबारी क्रोएसियन एम्बेसिसम्म पुर्याउनुस्। क्रोएसियन एम्बेसीमा छाप लागेपछि ती कागजका अगाडि पछाडि स्क्यान या कपी गर्नुहोस।

ओरिजिनल कागज जतन साथ क्रोएसिया लिएरआउनुस्। पर्मिट, भिसा या जताततै यिनै कपिले काम गर्छन्। सिधै क्रोएसिया आएर TRC एप्लाई गर्दा पुलिस स्टेसनमा ती ओरिजिनल पुलिस रिपोर्ट चाहिने हुन्।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *