प्रवास

नेपाली समाज क्षेत्रिय दोनस्तिमा लामा सर्बसहमत निर्बाचित

अशिम लोप्चन तामाङ ।

स्पेन — युरोपेली मुलुक स्पेनको दोनस्तिमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो ।

सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्।


त्यस्तै महीला सदस्यमा राधीका शर्मा चयन भएको नेपाली समाजका अध्यक्ष लामाले जानकारी दिए।

उक्त कार्यक्रममा पाईस बास्को क्षेत्रिय एनआरएनएका उपाध्यक्ष सन्तोष अधिकारी समेत उपस्थित रहेका थिए।

सफल व्यवसाय तथा सिन सिन क्योकुसिन गण्डकी प्रदेशका इन्चार्ज, क्योकुसिन करातेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री, वैदाम तामाङ सेवा समाजका आजिवन सदस्य समेत रहेका अशोक लामा थुप्रै सामाजिक काममा सक्रिय समेत रहेका छन्।

स्पेनमा रहेका नेपालीहरूलाई ऐक्यबद्धता एकै ठाउँमा जोड्ने उद्देश्यका साथ सम्पन्न भएको उक्त क्षेत्रीय नेपाली समाजले स्पेनमा रहेका अरु नेपाली संघ-संस्थाहरू सँग मिलेर सहकार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *