पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।
यतिबेला,
सुरेश लामा र रेजिना उप्रेतीको आवाजमा नयाँ गीत सरोज पोखरेल युटुब च्यानलवाट बजारमा आएको छ। गीतको शब्द विष्णु भण्डारीको छ भने संगीतमा सरोज पोखरेल र संगीत संयोजकमा देबेश राई रहेका छन्।
गीतको भिडियोमा उज्वल ढकाल र रेजिना उप्रेतीको अभिनय रहेको छ। भिडियोमा सम्पादन र कलर राकेश दाहालले गरेका हुन्।भिडियोलाई अविरल रघु श्रेष्ठले निर्देशन र छायांकन गेरका हुन्।
युरोपेली मुलुक पोर्चुगलको रमणीय ठाउँहरूमा छायांकन गरिएको म्युजिक भिडियोले अहिले सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा चर्चा कमाइरहेको छ।
राजधानी लिस्बन स्थित विभिन्न ठाउँमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा दुई प्रेमीको माया प्रेमलाई देखाएको छ।
करिब ४० / ५० हजारको हाराहारीमा पोर्चुगलमा छरेर बसेका नेपालीहरू मध्ये केही कलाकारिता क्षेत्रमा आबद्ध भएर पनि काम गर्दै आइरहेका छन्।नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउनको लागि निकै महत्वपूर्ण भूमिका खेलिरहेको हामीले अनुमान लगाउन सकिन्छ।
भिडियो :