युरोप — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेचन्याको ग्रोज्नीमा बुधबार अजरबैजान एयरलाइन्सको विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएकोमा माफी मागेका छन् तर तर त्यस दुर्घटनामा रुसको कुनै पनि हात नरहेको बताएका छन्।
क्रेमलिनका अनुसार विमानले ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले शनिबार बताए । विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व दिशातर्फ मोडियो, अन्ततः कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भयो र त्यसमा सवार ३८ जनाको मृत्यु भयो।
विमानमा अजरबैजान, रुस, काजाकिस्तान र किर्गिस्तानका मानिस सवार थिए । बाँचेका मध्ये दुई बालबालिका पनि थिए ।
यो घटनाको पछाडि के थियो भन्ने पुष्टि हुन सकेको छैन, तर एक अमेरिकी अधिकारीले बिहीबार सीएनएनलाई भने कि प्रारम्भिक संकेतहरूले देखाए कि रूसी एन्टी-एयरक्राफ्ट प्रणालीले यात्रु जेटलाई खसालेको हुन सक्ने बताए।
Leave a Reply