पोर्चुगलमा सोनाम ल्होछार मनाउने

ad1 ad1

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलद्वारा मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रम पोर्चुगलको राजधानी लिस्वानमा आउँदो फेब्रुअरी २ आइतबारको दिन हुने भएको हो। उक्त कार्यक्रमको लागि आयोजकले केही हप्तादेखि नै प्रचारप्रसार सुरु गरिसकेको छ।

पोर्चुगलको राजधानी लिस्बनमा बहुचर्चित अन्तर्राष्ट्रिय स्तरका सेलो साथै मेंदो माया कलाकारहरूको उपस्थितिमा मनाउने उक्त कार्यक्रम पोर्चुगलमा स्थापित विभिन्न संघसंस्थाका बुद्धिजीवी, सामाजिक अभियन्ताकर्ता, व्यापार तथा व्यवसायिकर्ता, कलाकार खेलाडी, पत्रकार लगायत पोर्चुगलमा कर्मथलो बनाएर बस्नुभएका सम्पूर्ण आदिवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनको लागि आयोजकले आग्रह समेत गरेको छ।

पहिलोपटक युरोपेली मुलुक पोर्चुगलमा तामाङ अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ अग्रज बुद्धिजीवी तामाङहरूलाई सम्मान र आजको युवा युवती तामाङहरूलाई प्रोत्साहन दिँदै तामाङ जातिको नयाँ वर्ष सोनाम ल्होसारलाई मध्यनजर गर्दै पोर्चुगल वंशी तामाङहरूको भैपरि आउने समस्याहरूको समाधानका लागि आर्थिक अक्षयकोष समेत स्थापना गर्ने भएको हो।

स्थापना कालदेखि नै पोर्चुगलमा सक्रिय संस्था नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलले अन्तर्राष्ट्रिय कलाकारहरूको साथमा आयोजना गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रममा पोर्चुगलमा रहनुभएका तामाङहरूको पहिलो प्राथमिकता साथ गीत, संगीत, व्यक्तिगत हाँस्यव्यङ्ग्य, कला, नृत्य लगायत अन्य विधामा प्रस्तुति दिने अवसर साथै मायाको चिनो सहित सम्मान गरिने भएको छ।

युरोपमै पहिलोपटक युरोपेली मुलुक पोर्चुगलमा कलाकारहरूलाई सम्मान, तामाङ लगायत गैर तामाङहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यका यस वर्षको मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होसार तथा बृहत सांस्कृतिक कार्यक्रम मनाउने भएको संस्थाका अध्यक्ष इमन सिंह तामाङले बताए।

उक्त कार्यक्रममा भाग लिनको लागि नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका सांस्कृतिक विभागमा आफ्नो प्रस्तुति विवरण गीत र नित्य सहित इनबक्समा एसएमएस गर्न समेत आयोजकले अनुरोध गरेको छ।

कर्मथलोको रूपमा पोर्चुगलमा बसोबास गर्दै आउनुभएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कलाकारहरूको कला गीत संगीत नृत्यलाई सम्मानका साथै प्रवर्धन र जगेर्ना गरौं भन्ने पहिलो अभियान समेत  रहेको आयोजकले बताए।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *