Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

एनआरएनए पोर्चुगलले खुलायो सदस्यता

पोर्चुगल — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, पोर्चुगलले पन्जिकृत सदस्यता खुलाइएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए पोर्चुगलका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) बाट स्वीकृत भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागू हुने गरी पन्जिकृत सदस्यता खुलाएको हो।

गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२५-२७ कार्यकालको लागि उक्त सदस्यता खुलाइएको फेसबुक पेजबाट बताएको छ।

उक्त सदस्यताको लागि के के प्रक्रियाहरू छन् ? सदस्यता प्राप्त गर्ने प्रयोजनका लागि —

सदस्यता प्राप्त गर्दा अप्नाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिताहरु :

. गैरआवासीय नेपाली संघ पोर्चुगलको सन् २०२५-२०२७ कार्यकालको लागि आम पोर्चुगलबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र(आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ आए बमोजिम ५ जनवरी २०२५ देखि लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ । सदस्यता वितरण अवधि आगामी ३१ मे २०२५ रातको २३:५९ बजेसम्म रहनेछ ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता लिनको लागि गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर “एप” मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नु र डकुमेन्टहरु समावेश गर्नु पर्नेछ ।

. अघिल्लो कार्यकाल सन् २०२३-२५ का लागि SMART NRNA एपबाट सदस्यता प्राप्त गर्नु भएका महानुभावले पुरानै इमेल वा फोन नम्बर र पासवार्ड प्रयोग गरी एप भित्र गइ सदस्यता शुल्क तिरी नवीकरण (Renew) गर्न सक्ने सुविधा समेत यसपटकबाट उपलब्ध रहेको छ ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता शुल्क १०(दस)युरो तोकिएको छ ।सदस्यता वापतको शुल्क NRNA, Portugal को उल्लेखित बैंक खाता नम्बरमा जम्मा गर्नु पर्नेछ ।

A/C Name : Associacao Nepaleses Residentes Portugal
NIB : PT50007900003067629010180    

Bank Name : EuroBic

बैंक एकाउन्टमा सदस्यता शुल्क १०(दश) युरो जम्मा गरेको प्रमाण अनिवार्य रूपमा एपबाट भरिएको फारमका साथ संलग्न गरी सदस्यको नाम खुल्ने गरी जम्मा गर्नु पर्नेछ ।

. एपमा सदस्यता भर्दै गर्दा बीचमा छोडिएका फाईलहरु ड्राफ्टमा गएर बस्ने हुनाले सदस्यता भर्न चाहने व्यक्ति आफैंले बाँकी विवरण भरेर पुरा गर्नुपर्ने हुन्छ । पुरा नभरिएका वा डकुमेन्ट पुरा नभएका फाईलहरु स्वीकृत हुने छैनन् । त्यसैले ड्राफ्टमा बसेको फाईलहरुको जिम्मेवारी  भर्न चाहने सदस्य स्वयंले लिनुपर्ने हुन्छ। ड्राफ्टमा भएको फाईलका बारेमा भेरिफिकेसन समितिले ईमेल वा अन्य कुनै माध्यमले जानकारी पठाउन सक्छ । तर पूर्ण नभएको त्यस्ता फाईलको लागि गैरआवासीय नेपाली संघ पोर्चुगल सदस्यता वितरण गर्न बाध्य हुने छैन ।

. सम्पूर्ण विवरण र प्रकृया पुरा भएका फाईलहरु मात्र अन्तिम स्वीकृतिका लागि भेरिफिकेसन समितिमा आइपुग्दछन् । स्वीकृत हुन आउने सम्पूर्ण फाईल र डकुमेन्टहरुको गहन रूपमा अध्ययन गरिनेछ । गैरआवासीय नेपाली संघको विधि, विधान र नीति, नियम पूरा गरी आएको फाईलहरुलाई मात्र स्वीकृत गरिनेछ । यदि संघको विधि, विधान र नीति, नियम प्रतिकूल आएको फाईलहरु जस्तै : बैंकमा पैसा तिरेको प्रमाण नपुगेको वा विवरण गलत भएको, गलत फोटो, गलत आइडी कार्ड वा डकुमेन्टको प्रयोग गरिएको वा समय नपुगेको र संघको विधान मेल नखाने देखिए वा पाइएमा त्यस्ता आवेदनहरु स्वीकार गरिने छैन । त्यस्ता फाइलहरुको प्रमाण राखी सम्बन्धित पक्षलाई जानकारी  दिनुपर्ने भए उपलब्ध गराइने छ ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलका सबै पञ्जिकृत सदस्यहरुले यस संघको विधि, विधान र नीति, नियम पालनको गर्नु कर्तव्य हुनेछ । यदि कोही व्यक्तिले पंजिकृत सदस्य प्राप्त गरिसकेपछि पनि संस्थाको हित वा विधान विपरित कामकारबाही गरेको वा कर्तव्य पालन नगरेको देखिए वा ठहरिएमा संघले सदस्यता खारेजसम्म गर्न सक्नेछ।

. सदस्यताको रकम बैंकमा जम्मा भएको यकिन भएपछि मात्र सदस्यता स्वीकृत गरिनेछ ।

. सदस्यताको रकम बैंकमा तिर्दैमा सदस्यता पाई हालिदैन । गैरआवासीय नेपाली संघले तयार पारेको स्मार्ट (SMART NRNA) एनआरएनए एप मार्फत आवश्यक सम्पूर्ण डाटा भरेर आएमा मात्र सदस्यता स्वीकृत भइ सदस्यता प्राप्त हुनेछ ।

. SMART NRNA को एप बाहेक अन्य कुनैपनि निवेदन, म्यासेन्जर, फोन वा ईमेल मार्फत आएको सदस्यता आवेदनलाई मान्यता दिईने छैन र यस्तो आवेदन उपर कुनै कामकारबाही हुने छैन ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरणमा विधान विपरीत कुनैपनि खालको कामकारबाही भएको पाइए वा ठहर भएमा कार्यसमितिको बैठकले त्यस्तो गलत कामलाई निरुत्साहित गर्न विधान बमोजिम  आवश्यक निर्णय गरी  कार्यान्वयन गर्नेछ र यसको जानकारी केन्द्रमा पनि पठाईनेछ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलका पुराना सदस्यता कार्ड नयाँ सदस्यता भर्न वा प्राप्त गर्न डकुमेन्टको रूपमा मान्यता हुने छैन। अहिले अप्नाइएको नयाँ प्रक्रिया बमोजिम पुरै विवरण भरी सन् २०२५-२७ को लागि सदस्यता कार्ड प्राप्त गर्नु पर्नेछ ।

. कुनै कारणवस एक व्यक्तिको एक भन्दा बढी सदस्यता फारम भरी कायम हुन आएमा भेरिफिकेसन समितिले आवश्यक जाँचबुझ गरी एउटा बाहेक अन्य सदस्यताको डकुमेन्ट खारेज गर्नेछ ।

. गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता लिनको लागि पोर्चुगलको रेजिडेन्सी कार्ड, नेसनालिटी वा पासपोर्ट, ड्राइभिङ लाइसेन्स वा नेपाली पासपोर्ट भए भिषा सहितको प्रमाण आवश्यक पर्नेछ । यदि कसैले एनआरएनए पोर्चुगलका पुरानो कार्डहरुलाई सदस्यता भर्दा डकुमेन्टको रूपमा  प्रयोग गरिएको पाइए त्यस्ता आवेदनहरु स्वीकार हुने छैनन् ।

. सदस्यता वितरण प्रक्रियाको अनुगमनका लागि एक सुपरभिजन समिति गठन गरिएको छ ।

. सदस्यता भर्ने क्रम वा प्रक्रियामा कुनै समस्या आईपरेमा कार्यसमितिका अध्यक्ष, कावा महासचिव, पदाधिकारी एवं सदस्यहरु वा भेरिफिकेस समिति तथा सुपरभाइजरी समितिसंग सम्पर्क गरी आवश्यक परामर्श, सहयोग तथा जानकारी लिन सकिनेछ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *