बेल्जियम — नेपाली ब्यबसायी संघ नेबाब बेल्जियमले वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
नेबाब अध्यक्ष चिरण खवासका अनुसार युरोपमा नेपाली सामाग्रीको प्रबर्धन गर्न नेपाली ब्यबसायीहरुले गर्न सक्ने गतिबिधी र ब्याबसायिक दाँयरा र नेबाबका सदस्यहरुका हकहितका बारेमा पनि नेबाब पदाधिकारी र सहभागिहरुले ब्यापक छलफल गरेका थिए ।
बेल्जियमको रान्स्ट शहरमा सम्पन्न बार्षिक साधरण सभामा नेबाबका उपाध्यक्ष कासी दनैले स्वागत गरेर सुरु भएको कार्यक्रममा रान्स्ट शहरका मेयर बार्त बोरिस उपस्थित भएर साधारण सभाको सफलताको शुभकामना दिएका थिए ।
नेबाबका संस्थापक राधाकृष्ण अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एनआरएनए अध्यक्ष सीता सापकोटा, पूर्व अध्यक्ष गंगाधर गौतम, प्रेम गुरुङ,लोक दाहाल , चित्र सुबेदीले साधारण सभाको सफलताको शुभकामना दिनुभएको थियो ।
नेबा युरोप संयोजक एबम नेबाबका निबर्तमान महासचिब मदन दवाडी, नेबाब नेदरल्यान्डका अध्यक्ष संघर्षसिल केसी, नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेललगायतले नेबाबलाई आफ्ना सुझाब सहित् शुभकामना दिनुभएको थियो ।
नेबाबकी सचिब रिचा गुरुङले संचालन गरेको कार्यक्रममा योजनाबारे सचिब बाबुराम शर्मा र आर्थिक गतिबिधी बारे कोषाध्यक्ष भुवन सुबेदीले बार्षिक प्रतिबेदन गरेका थिए भने कार्यक्रम संघका अध्यक्ष चिरन कुमार खवासको सभापतित्वमा भएको थियो ।