

अशिम लोप्चन तामाङ ।
माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ।
यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका हुन्। यसलाई साक्ष्यम सुबेदी र करिश्मा केसी बस्नेतले निर्माण गरेका छन्।
माल्टामा चलचित्रको शो राति १०:४५ बजे ईडेन सिनेमाजमा प्रदर्शन हुनेछ। पोस्टरमा देखाइए अनुसार,चलचित्रमा बुबा (जो एक डेलिभरी ब्वायको भूमिका निभाउँछन्) उनकी छोरी र परिवारको मर्मस्पर्शी कथा प्रस्तुत गर्न खोजिएको छ ।
माल्टामा प्रदर्शन गर्न लागेको चलचित्रलाई स्थानीय मिडिया र साझेदारहरूले चलचित्रको प्रचार प्रसारमा स्थानीय व्यवसायि र मिडिया पार्टनरहरूले ठूलो योगदान दिएको संयोजक गणेश लामिछानेले बताएको हो।
एनआरएनए एनसीसी माल्टा, रोयल दरबार रेस्टुरेन्ट, नमस्ते नेपाल मिनी मार्केट, हिमालयन रेस्टुरेन्ट एण्ड बार, ममज हट रेस्टुरेन्ट, संग्रिला रेस्टुरेन्ट एण्ड बार र यूरोफ्युजन फ्रुट एण्ड भेजले माल्टामा प्रचार प्रसारको लागि साथ दिएका छन्।
टिकट बुकिङ र शोको जानकारी —
नेपाली समुदायका लागि यो विशेष प्रस्तुति निकै प्रतीक्षित मानिएको छ। चलचित्रलाई जीवन्त रूपमा हेर्न चाहने दर्शकहरूलाई समयमै टिकट बुक गर्न आग्रह गरिएको प्रडक्सनको संयोजक गणेश लामिछानेले युरोपाटिलाई बताएका हुन्। साथै चलचित्रमा पछिल्ला समयमा निकै नै चलिरहेको समाजमा घटिरहेको कथाबस्तुमा आधारित यस चलचित्रले सबै समुदायको बारेमा रंगीले पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गर्ने भएकाले सबै उमेर समूहका दर्शकहरूको मन जित्ने विश्वास गरिएको छ।
टिकेटको लागि तल दिएको लिङ्कमा गएर लिन सकिनेछ।