

(नेपाली व्यवसायी संघ बेल्जियम र महामहिम राजदूत सेवा लम्सालबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न)
इन्दिरा चाम्लिंग, काजाब्लांका क्यासेल्लो ।
नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका लागि मिसन प्रमुख, नवनियुक्त महामहिम राजदूत सेवा लम्सालज्यूसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
कार्यक्रमको सञ्चालन संघका सचिव बाबुराम शर्माले गर्नुका साथै पहिलो चरणमा कार्यसमिति सदस्यहरूले आ–आफ्नो परिचय प्रस्तुत गरेका थिए। त्यसपछि, संघका अध्यक्ष चिरन खवासले पावरपोइन्ट प्रस्तुतीकरणमार्फत निम्न विषयहरूमा जानकारी दिनुभयो—
• संघको इतिहास
• संघका उद्देश्य
• संघका गतिविधिहरू
• संघको विस्तार
• नेपाल र पर्यटन प्रवर्द्धनमा संघको योगदान
• नेपाली दूतावाससँगको सहकार्य
• संघका अपेक्षाहरू
• दूतावासले नेपाली व्यवसायी संघ तथा व्यवसायीहरूसँग गर्न सक्ने सहकार्य
संघको विस्तार अपरिहार्य भइसकेको महसुस गर्दै, निवर्तमान अध्यक्ष यम निरालले २०२३ बाट नेवा बेनेलक्स तथा २०२४ बाट नेवा युरोप को स्थापना गरिएको जानकारी गराउनुभयो।
त्समसामयिक विषयहरूमा आमन्त्रित सदस्य मदन दवाडीले आफ्ना विचार राख्नुभयो।
अन्तरक्रियाको क्रममा राजदूतले सबैसँग भेटघाट गर्न पाउँदा महत्वपूर्ण जानकारी हासिल भएको बताउँदै, कार्यक्रम पूर्वनिर्धारित समयमा सुरु भएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, दूतावासले विगतका वर्षहरूभन्दा अझ सशक्त रूपमा नेपाली व्यवसायी संघसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
करीब दुई घण्टा लामो बैठक तथा अन्तरक्रिया पश्चात, लन्चका क्रममा अनौपचारिक रूपमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको हकहितका विषयमा छलफल गर्दै कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रम स्थल तथा स्वादिष्ट भोजनको व्यवस्थापन गर्नुहुने व्यवसायी तथा नेवा युरोप का सदस्य विपन गुरुङले तथा सोकुदो टिम लाई अध्यक्ष र सम्पूर्ण कार्यसमितिले आभार व्यक्त गरेको थियो।